प्रदेश २ मा भोलि सार्वजनिक बिदा
प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७८ | १५:२४:३७
काठमाडौं,३० वैशाख ।
प्रदेश नम्बर २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्वलाई मध्यनजर गर्दै भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ ।
बिहिवार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रवार प्रिदेश २ मा सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।
उनले कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८ |
१५:२४:३७
6227