बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ | १५:००:१२
काठमाडौं, ३० जेठ ।
बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका विभिन्न अस्पतालमा उपचार गराइ रहेका पाँच जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले बताएको छ ।
मृत्यु हुनेहरूमा बैतडीको पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय पुरुष, सल्यानको कालीमाटी गाउँपालिका-१ का ४६ वर्षीय पुरुष, बर्दियाको राजापुर नगरपालिका-१ की ४९ वर्षीया महिला, बाँकेको बैजनाथ गाउँपालिका-५ का ६७ वर्षीय पुरुष र दाङ लमही नगरपालिका-१ की ३२ वर्षीया महिला रहेका छन् ।
यससँगै बाँकेमा कोरोना संक्रमणबाट मर्नेहरूको संख्या ६६४ पुगेको छ । जसमध्ये जिल्लाका ३०७ र जिल्ला बाहिरका ३३७ जना रहेका छन् ।
प्रकाशित मिति : आइतबार, जेठ ३०, २०७८ |
१५:००:१२
309