सबै रत्नाकारहरु वाल्मीकि नबन्दा रहेछन्ः पृथ्वीसुब्बा गुरुङ
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ | १६:०३:१२
पोखरा, ३० जेठ ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री राजिब गुरुङ ‘दिपक मनाङ्गे’ प्रति इङ्कित गर्दै सबै रत्नाकारहरु वाल्मीकि नबन्ने कुरा प्रष्ट भएको बताएका छन् । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा पदमुक्त भैसकेपछि आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै दिपक मनाङ्गेलाई वाल्मीकि बनाउन खोजे पनि त्याे निरर्थक भएको बताए ।
मन्त्री दिपक मनाङ्गेलाई तपाइले नै पहिलो पटक मन्त्री बनाउनु भो, जिम्मेवारी दिनु भो नि ? भन्ने प्रश्नमा निवर्तमान मुख्यमन्त्री गुरुङले भने– ‘उनी वाल्मीकि बन्छन् कि भनेर ल्याएको, उनी वाल्मीकि बन्न सकेनन् । सबै रत्नाकारहरु वाल्मीकि नबन्दा रहेछन् । उनलाई वाल्मीकि बनाउने हाम्राे प्रयास असफल भयो ।’
प्रकाशित मिति : आइतबार, जेठ ३०, २०७८ |
१६:०३:१२
1541