चितवनबाट करिब एक क्विन्टल ८० किलाे लागुऔषध चरेश बरामद

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक २७, २०७८
225 Shares

चितवन, २७ कात्तिक । चितवनको रत्ननगरबाट अवैध लागुऔषध चरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चरेशको आशंकामा रत्ननगर नगरपालिका वडा नम्बर ३ को एक पसलको गोदामबाट प्रहरीले १९२ वटा च्यवनप्राशको बट्टामा करिब एक क्विन्टल ८० किलाे चरेशसहित तीन जनालाई पक्राउ गरेकाे हो । 
च्यवनप्राशको बट्टाको तल चरेश राखेर माथीबाट च्यवनप्राशले छोपेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साढे दुई किलोको च्यवनप्राशको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले उक्त पदार्थ बरामद गरेको हो । चरेश जस्तो देखिने पदार्थ बट्टामा रहेकोले नियन्त्रणमा लिइएको र थप परीक्षणपश्चात् मात्रै परिमाण थाहा पाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

Samabesi1
प्रकाशित मिति: कार्तिक २७, २०७८
225 Shares
Footer ads