लायन्स क्लबको संस्थापकको जन्मोत्सवमा बालबालिकालाई न्यानो कपडा

चितवन, १ माघ ।
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सबको अवसरमा विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
जोन्सको जन्मोत्सवको अवसरमा लायन्स क्लब अफ चितवन इस्ट र लिओ क्लब अफ चितवन इस्टको आयोजनामा खैरहनी माध्यमिक विद्यालयका ७७ जना बिपन्न बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडाका मुख्य दाता बुद्धिराज डल्लाकोेटी हुन् । खैरहनी नगरपालिकाका प्रबक्ता रामशरण पान्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामजिक बिकास समितीका संयोजकक मनेजर महतो, शिक्षा शाखा प्रमुख राजु बानिया , स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, समाजसेवी मुरली प्रसाद गजुरेल लगायतको उपस्थिती थियो ।

कार्यक्रम लायन्स क्लब चितवन इस्टका अध्यक्ष भिम बहादुर पाण्डेको सभापतित्वमा भएको हो ।