घट्यो सुन चादीको मुल्य

काठमाडौँ, १ माघ

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन अघिल्लो दिनभन्दा ८ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार १ सयमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ६ सय कायम भएको छ ।

सुनको मूल्य घटेको दिन चाँदी पनि १५ रुपैयाँले सस्तो बनेर प्रतितोला १२ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।