टेकमाइण्डस नेटवर्क प्रा.लिको पदमपुर र खोलेसिमलमा शाखा विस्तार
चितवन , १ बैशाख
पूर्वी चितवनको सबैभन्दा ठुलो ईन्टरनेट सञ्जाल टेकमाईन्डस् नेटवर्क प्रा.लि.ले आफ्नो सेवा विस्तारको कार्यलाई तिब्र पार्दै लगेको छ । सोहि अनुसार चौथोे शाखा खोलेसिमल र पाँचौ शाखा पदमपुरम शुभारम्भ गरेको छ ।
इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी मध्यका जिल्लाकै उत्कृष्ट टेकमाईन्डस् नेटवर्क प्रालिले आज (बुधवार) एक साथ पूर्वी चितवनको कालिका नगर पालिकाको आफ्नो खोलेसिमल र पदमपुरमा पनि शाखा विस्तार गरेको हो ।
कालिका नगरपालिकामा टेकमाइण्डले प्रदान गर्ने उच्च गतिको फाइबर नेटको माग बढेसँगै खोलेसिमल बजार र पदमपुर बजारमा शाखा बिस्तार गरिएको टेकमाईन्डस् नेटवर्क प्रालिका पूर्वी चितवन प्रमुख यमन भुषालले जानकारी दिए । उनले पछिल्लो समय बिश्वकै चर्चित कम्पनि हुवाबे र सिस्को कम्पनिको सहकार्यमा जिपोन प्रविधिमा आधारित फाइबर टु दि होम नामबाट ईन्टेरनेट सेवा र फोर के प्रविधिमा आधारित टेलिभिजनको पनि सेवा सुभारम्भ गरिएको जानकारी दिए । शाखा बिस्तारसँगै सो क्षेत्रमा ग्राहकलाई बिशेष छुटको अफर पनि ल्याएको भुषालको भनाई छ ।
सो कम्पनिको खोलेसिमल शाखाको उद्धघाटन कालिका नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ६ का अध्यक्ष विनोद रेग्मी र पदमपुर शाखाको उद्धघाटन कालिका वडा ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठले गरेका थिए ।
सो अवसरमा दुवै वडा अध्यक्षले अनलाईन कक्षा पढ्न ईन्टरनेट नभएको केहि विपन्न गरिब परिवारको घरमा टेकमाईन्डस् नेट जोडेको र लामो समय सम्म पनि गुनासो नआएको कारण सेवा राम्रो रहेको उनीहरुको भनाई थियो ।
शाखा विस्तारको अवसरमा नयाँ ईन्टरनेट जोड्ने ग्राहकहरुको लागि विशेष छुट अफर ल्याएको नेटवर्कका एडमिन विवेक अर्याल बताए ।
टेकमाइण्डस नेटवर्क प्रा.लिले सन् २००२ मा चितवनमा स्थापना भई हाल ५८ वटा जिल्लामा आफ्नो सञ्जाल बिस्तार गरिसकेको छ । हाल नेपाल सरकार र नेपाल दुरसञ्चार प्राधिकरणको राष्ट्रिय गौरबको आयोजना अन्र्तगत प्रदेश १, प्रदेश ४, प्रदेश ५, प्रदेश ६ का बिभिन्न स्थानिय निकायहरुमा निशुल्क रुपमा ग्रामिण ईन्टरनेट परियोजना अन्र्तगत निशुल्क रुपमा सो स्थानहरुमा ईन्टरनेट प्रदान गरिरहेको छ । कम्पनिले आफ्नै उच्च प्रविधिको डाटा सेन्टर मार्फत देशका बिभिन्न स्थानहरुमा सेवा प्रदान गरिरहेको छ । सो कम्पनिले कोभिडको समयमा पनि निरन्तर ईन्टरनेटको सेवा भने प्रदान गरि रहेको थियो ।