सुनको मूल्य तोलामा ४ सयले बढ्यो

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

काठमाडौं,२ माघ ।

आज सुन चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन उक्त दरमा बढेर प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै बिहीबार ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस झण्डै १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।