नेपाली काँग्रेस चितवनले जिल्लाका सात स्थानीय तहमा बृहत विरोध सभा गर्ने

चितवन, २ माघ

नेपाली काँग्रेस चितवनले जिल्लाका सात स्थानीय तहमा बृहत विरोध सभा गर्ने भएको छ । काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार जिल्लामा रहेका सात स्थानीय तहहरुमा फरक फरक समयमा प्रदर्शन गर्न लागिएको हो ।

काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौला सहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । श्रेष्ठका अनुसार पौडेलले भरतपुर महानगरपालिकाको बिरोध सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो १ बजे शारदानगरमा हुने बिरोध सभामा पौडेल र संग्रौलाले सम्बोधन गर्नुहुने छ । राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गर्दै हुनुहुन्छ ।

भण्डारामा ११ बजे र रत्ननगरमा दिउँसो १ बजे बिरोधसभा हुँदै छ । यस्तै खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा ११ बजे, माडीको बसन्तपुरमा १२ः३० बजे र ईच्छाकामनाको मुग्लिन बजारमा १२ः३० बजे बिरोध प्रदर्शनसँगै सभा हुने श्रेष्ठले जानकारी दिनुभयो । ती सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारले संसद बिघठन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो ।

यस अघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा बिरोध सभा गर्न लागेको हो । सरकारको कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको ९८ वटै वडामा बिरोध प्रदर्शन गर्दै छ ।