कांग्रेस सभापतिको आग्रह

काठमाडौँ, २ माघ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ । विज्ञप्तिमा यसपटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ ।रासस