
काठमाडौँ, २ माघ ।
नेपाल सरकारले कोभिड–१९ विरुद्धको एउटा खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार दिउसो बसेको मन्त्रीस्तरीय बैठकले कोरोना खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो।
सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो।
विभागले विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई विभागले आपतकालीन अनुमति दिएको छ।कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो। भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।
विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो।
सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ। भारतमा भोलिदेखि यो खोप आममानिसलाई लगाउन थालिनेछ।