काँकडभिट्टा र भद्रपुर नाका सिल
प्रकाशित मिति: बिहिबार, बैशाख ०२, २०७८ | १०:४८:५९
काठमाडौं, वैशाख २ ।
भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । तिम्सिनाले यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको बताए ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०२, २०७८ |
१०:४८:५९
331