नयाँ बर्षको दिन चितवनमा ७ वटा दुर्घटना ,३ जनाको मृत्यु
बिकास पौडेल
चितवन, २ बैशाख।
चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । नयाँ बर्षको दिन बुधबारमात्रै चितवनमा ७ वटा दुर्घटना भएको थियो । चितवनको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
दुर्घटना नम्बर १
चितवनको ईच्छाकामना गाँउपालिका वडा नम्बर ३ स्थित पानीधाराबाट लु २ ख ५११३ नम्बरको ट्रक आफै अनियन्त्रित भएर त्रिशुली नदी किनारमा खस्दा चालकको मृत्यु भएको छ । राति करिब २ बजे काठमाडौंबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक खस्दा रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ५ बस्ने ट्रक चालक बर्ष ३४ को अग्निधर पाण्डेको मृत्यु भएको थियो । दुर्घटनामा परि ट्रकको सह चालक नवलपरासी कावासोती बस्ने २० बर्षिय आइतमान थनेत सामान्य घाइते भएका छन् ।
दुर्घटना नम्बर २
चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ घान्द्रुक चोकमा बुधबार दिउसो ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियोे । मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक सोही स्थान निवासी ४० बर्षिय दिपेन्द्र चौधरीको मृत्यु भएको छ । त्यस्तै मोटरसाइकलको पछाडी सवार भरतपुर २२ बस्ने २५ बर्षिय अनिल महतो घाइते भएका थिए ।
दुर्घटना नम्बर ३
पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित बेल्सी पुल नजिक मोटरसाइकल र स्कुटर ठक्कर खादाँ एकजनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ३५ प ६५०२ नम्बरको स्कुटरले विपरित दिशाबाट आइरहेको प्रदेश ३ ०३ ००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्करदिदा मोटरसाइकल अनियन्त्रित भएर सोहि दिशाबाट आउदै गरेको बा २ ख ४५२२ नम्बरको बसमा ठक्कर खाएको थियो । उक्त दुर्घटनामा परि मोटरसाइकल चालक गोर्खा जिल्ला निवासी बर्ष ३१ को गोपाल बानियाँको मृत्यु भएको छ । स्कुटर चालक चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर ९ निवासी ३४ बर्षिय तिलमान श्रेष्ठ र स्कुटरको पछाडी सवारी सोहि स्थान निवासी बर्ष ३२ की शर्मिला श्रेष्ठ घाइतेृ भएका छन् ।
दुर्घटना नम्बर ४
पूर्वीचितवनको खैरहनीमा ट्याक्टरको ठक्करबाट एकजना घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर १ गणेश चोकमा पुर्वबाट पश्चिमतर्फ जादैं गरेको ना ४९ प ७०१७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ना १ त ३७२६ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । दुर्घटनामा परि पर्वत जिल्ला घरभई चितवनको जुटपानी ब्यारेकमा कार्यरत मन बहादुर हमाल घाइते भएका थिए ।
दुर्घटना नम्बर ५
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ चेपाङडाडाँमा मोटरसाइकल र ट्रक ठक्कर खादाँ दुईजना घाइते भएका छन् । मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ग १ प ५१८२ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ८ ख २५७९ नम्बरको ट्रकमा ठक्कर खाएको थियो । दुर्घटनामा परि मोटरसाइकल चालक तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २५ को साजन रानाभाट र मोटरसाइकलमा सवार सोहि स्थान निवासी बर्ष १८ को ऋषि थापा घाइते भएका छन् ।
दुर्घटना नम्बर ६
भरतपुरमा म्याजिक भ्यानले ठक्कर दिदाँ एक बालक गम्भिर घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ कुमियामा ना १ ज ८५८९ नम्बरको म्याजिकले ठक्कर दिदाँ गोरखा जिल्ला घरभई हाल भरतपुर २२ मा बस्दै आएका रोजल देवकोटा गम्भिर घाइते भएका छन् ।
दुर्घटना नम्बर ७
भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित बिशाल चोकमा ना ९ प ८२०९ नम्बरको मोटरसाइकलले ठक्करदिदाँ सोहि स्थान निवासी बर्ष ७० की सिते कुमाल गम्भिर घाइते भएकी छन् ।
चालकहरुको लापरवाहीले गर्दा जिल्लामा दिनँहुजसो दुर्घटना हुने गरेको प्रहरी निरिक्षक भट्टले बताए ।मादक पदार्थ सेवन गरेर तथा तिब्र गतिमा सवारीसाधन चलाउदाँ धेरै दुर्घटना भएको देखिन्छ । बुधबार भएको साँतवटा दुर्घटनामध्य तिनवटा दुर्घटनामा सवारीचालकले मादक पदार्थ सेवन गरेको देखिएको प्रहरी निरिक्षक भट्टले बताए ।