भाेलिदेखि ट्यांकर चालकले खोप पाउने
प्रकाशित मिति: मंगलबार, आषाढ ०१, २०७८ | १६:०६:२९
काठमाडौं,१ असार ।
पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो ।
कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खाेप व्यवस्था गरेर अवरोध हटाएको बताए ।
उनले भने, ‘ट्यांकर चालक संघले राखेको माग पुरा भएको छ । अब पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगम र ट्यांकर चालक संघले बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । खोप भने भोलिबाट लगाउन शुरु हुने भएको छ । ’
प्रकाशित मिति : मंगलबार, आषाढ ०१, २०७८ |
१६:०६:२९
331