सरकारले निर्वाचन घोषणा गरेसंगै निर्वाचन कार्यालय चितवन द्दारा कर्मचारी माग

सरकारले निर्वाचन घोषणा गरेसंगै निर्वाचन कार्यालय चितवन द्दारा कर्मचारी माग

चितवन, ३ माघ

सरकारले निर्वाचन घोषणा गरेसंगै निर्वाचन कार्यालय चितवनले स्थानीय तह संग निर्वाचनका लागि कर्मचारी माग गरेको छ ।

निर्वाचन कार्यालय चितवनका प्रमुख जनाधन अधिकारीका अनुसार सातै स्थानीय तह संग खरिदार वा नायव सुव्वा सरहको एक–एक जना कर्मचारी माग गरिएको छ ।

स्थानीय तहले कर्मचारीको नाम पठाएसंगै उनीहरुलाई सहायक नामदर्ता अधिकारीको जिम्मेवारी दिई कार्यक्षेत्रमा खटाइने उहाँले जानकारी दिनुभयो । उनीहरुले हरेक निर्वाचन केन्द्रमा गई मतदाता नामावलीमा भएको नाममा दावि बिरोध गर्ने छ । मृत्यु भएका, दोहोरीएका जस्तो समस्या आएमा उनीहरुलेनै सिफारीस गरि निर्वाचन कार्यालयमा पठाउने छन् । मतदाता नामावली अध्यावधिक गर्ने काम समेत उनीहरुबाटै हुने छ ।

जिल्ला मतदान तथा मतदान केन्द्र सिफारीस समितिको बैठकले सबै राजनैतिक दलहरुलाई निर्वाचनको तयारीका लागि आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा जिल्लाका कृयाशिल राजनैतिक दल र दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख एबं प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुको सहभागीतामा बैठक समेत बसी सकेको छ ।

निर्वाचन आयोगले मतदान केन्द्र तथा स्थलको पुनरावलोकन गर्नका लागि निर्देशन गरे संगै अहिले मतदान केन्द्र तथा स्थलको निरिक्षण र पुनरावलोकन गर्ने काम सुरु गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा जिल्लामा रहेका १ सय ६१ स्थल र ४ सय ८ केन्द्रको पुनरावलोकनको काम भईरहेको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार निर्वाचन स्थल १ सय ६१ वटै रहने र केन्द्र भने थप हुने छ ।

अघिल्लो निर्वाचनमा जिल्लामा मतदाता संख्या ३ लाख ५४ हजार ३५ रहेको थियो भने अहिले मतदाता वढ्ने देखिएकाले केन्द्र थप गरिने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघठन गरि निर्वाचनको मिति तोके संगै जिल्ला निर्वाचन कार्यालय निर्वाचनको तयारीमा जुटेको हो । निर्वाचनको मिति घोषणा भए संगै मतदाता नामावली संकलनको काम रोकेर निर्वाचनमा हुमियको उहाँले बताउनुभयो ।