राष्ट्रपति विरुद्ध खनिए काँग्रेस नेता गुरुङ

राष्ट्रपति विरुद्ध खनिए काँग्रेस नेता गुरुङ

चितवन, ३ माघ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध खनिएका छन् । चितवनको खैरहनीमा नेपाली काँग्रेस नगर समितिले शनिवार आयोजना गरेको विरोध सभालाई सम्वोधनका क्रममा नेता गुरुङले राष्ट्रपति एक पार्टीको कार्यकर्ता मात्र भएको आरोप लगाएका हुन् ।

राष्ट्रपति संविधानको रक्षक वन्नु पर्नेमा भक्षक भएको उनको आरोप थियो । राष्ट्रपतिले जनताको सुखदुख वुझ्न सकेनन् नेता गुरुङले भने – संविधानको रक्षकनै एक पार्टीको कार्यकर्ता मात्र भए । नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको वताएका हुन् । उनले प्रधानमन्त्री ओलीको यो कदम असंवैधानिक रहेको भन्दै ओली र सरकारको विरोधमा सडक आन्दोलन गर्नु परेको वताए ।

नेता गुरुङले राष्ट्रिय एकताको पक्षमा र भ्रष्टचारको विरोधमा निरन्तर सडक आन्दोलन गर्ने पनि वताए । नेपाली काँग्रेस नगर सभापति शशि कुमार खनियाँको अध्यक्षतामा भएको विरोध सभामा नेपाली काग्रेश चितवनकी प्रवक्ता निता ढकाल, क्षेत्रीय सभापति राजु सिलवाल, नगर सचिव हरि प्रसाद सापकोटाले मन्तव्य राखेका थिए ।

विरोध सभा अघि खैरहनीको नयाँ पर्सा देखी पुरानो पर्सा सम्म विरोध र्यालि निकालिएको थियो ।