रत्ननगर जेसिजमा हेमराजको नेतृत्व

चितवन, ३ माघ ।
रत्ननगर जेसिजको अध्यक्षमा हेमराज आचार्य निर्वाचित भएका छन् । जेसिजको २३ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवेसनले आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

नयाँ नेतृत्व चयनका लागि मतदाननै भएको थियो । जसमा आचार्यले २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी अमित कुमार गुप्ताले १४ मत पाए । जेसिजको निर्देशकमा आशिष चापागाई, अजय गुप्ता, डिल्लिराज आचार्य र राम प्रसाद पाण्डे भने सर्बसम्बत चयन भए । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सन्तोश दुवाडी र नरहरी पुरी निर्वाचित भएका छन ।

उपाध्यक्ष पदमा सुरेश जङ पाण्डे, असिम गिरि, हरि कुमार श्रेष्ठ र बैभव लामिछाने निर्वाचित भएको भएको निर्वाचन अधिकृत सुरेश चन्द्र आचार्यले जानकारी दिए ।