चट्याङले लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्वस्त
प्रकाशित मिति: शुक्रबार, बैशाख ०३, २०७८ | १२:११:१७
काठमाडौँ,३ वैशाख ।
ओखलढुंगाको लिखु गाउँपालिका-८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् ।
बिहीबार राति करिब १ बजेतिर परेको चट्याङले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर ध्वस्त बनाएको हो । भूकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट क्षतिग्रस्त भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
चट्याङबाट मानवीय क्षति नभए पनि घर र घरभित्र भण्डारण गरिएका सामग्री जलेर नष्ट भएका छन्। अध्यक्ष घरमा कोही पनि नसुतेको कारण मानविय क्षति नभएको बताइएको भने वडाअध्यक्षको घरका सदस्य भने भागेर ज्यान जोगाएका छन्
प्रकाशित मिति : शुक्रबार, बैशाख ०३, २०७८ |
१२:११:१७
309