काभ्रेमा २५ वर्षीय पुरुषद्वारा ३० वर्षीया महिला बलात्कृत
प्रकाशित मिति: शुक्रबार, बैशाख ०३, २०७८ | १२:३५:२३
काठमाडौं,३ वैशाख ।
काभ्रेमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
थिङले ती महिलालाई जबरजस्ती करणी गरेको सूचना पाउन साथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०३, २०७८ |
१२:३५:२३
573