दुई दिनकी बालिका संक्रमित, प्लाज्माले पनि बचाएन ज्यान

गुजरात,३ वैशाख ।

कोरोना भाइरसको महामारीले भारतलाई आतंकित बनाइरहेको छ ।

कोरोना संक्रमितहरुको संख्याका साथै मृतकहरुको संख्या पनि लगातार बढिरहेको छ ।

गुजरातमा पनि कोरोनाले अवस्था चिन्ताजनक बनाएको छ ।

यसैबीच गुजरातमा १४ दिनकी एक नवजात शिशूको निधन भएको छ ।

उनी जन्मिएको दुई दिनपछि नै कोरोना भाइरसको संक्रमणको चपेटामा आएकी थिइन् ।

बालिकालाई प्लाज्मा समेत चढाइएको थियो, तर उनलाई चिकित्सकहरुले बचाउन सकेनन् ।

जानकारी अनुसार सूरतमा एक नवजाति शिशूलाई जन्मिएको दुई दिनपछि नै कोरोना पोजिटिभ पाइएको थियो ।

ती शिशूकी आमालाई पहिलादेखि नै कोरोना लक्षणहरु देखिएका थिए, यद्यपि, उनले उक्त कुरा कसैलाई बताएकी थिइनन् ।

कोरोनाको लक्षण देखिए पनि उनले आफ्नी नवजात शिशूलाई स्तनपान गराइरहिन् ।

त्यसको सोझो प्रभाव शिशुको स्वास्थ्यमा पर्‍यो र उनी कोरोना भाइरसको संक्रमणको चपेटामा आइन् ।

कोरोना संक्रमित नवजात शिशूलाई उपचारका लागि सूरतको वराछास्थित डायमण्ड अस्पतालमा भनाइ गराइएको थियो ।

डायमण्ड अस्पतालमा उपचारको क्रममा उनलाई प्लाज्मा पनि चढाइएको थियो, तर उनको ज्यान बचेन ।

वराछाको अस्पतालमा उपचारकै क्रममा ती बालिकाले कोरोनासंगको लडाईं हारिन् । बालिकाको निधन भयो ।

स्मरणरहोस्, कोरोना भाइरसको दोस्रो लहर बालबालिकाहरका लागि बढी खतरनाक भैरहेको छ ।

सूरतमै नै अहिलेस्म्म तीन जना बालबालिकाको निधन भैसकेको छ ।

एक दिनअघि मात्रै सूरतको न्यू सिभिल हस्पिटलमा पनि १४ दिनका नवजात शिशूको कोरोनाका कारण निधन भएको थियो ।

११ दिनसम्म कोरोनासंग लडेपछि जिन्दगीसंगको लडाईंमा ती बालकको निधन भयो, जसलाई जन्मिएको तेस्रो दिननै संक्रमण भएको थियो ।