प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
प्रकाशित मिति: शुक्रबार, बैशाख ०३, २०७८ | १४:४५:३८
काठमाडौं,३ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।प्रतिनिधि सभा पुनःस्थापना पछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।
उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।
ओलीले बोलाएको बैठकमा संसद्को हिउँदे अधिवेशन, कोरोना संकट लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०३, २०७८ |
१४:४५:३८
265