पाकिस्तानमा प्रदर्शनलाई निस्तेज पार्न सामाजिक सञ्जाल बन्द
काठमाडौं,३ वैशाख ।
पाकिस्तानमा सामाजिक सञ्जालमाथि बन्देज लगाइएको छ। पाकिस्तान सरकारले शुक्रबारबाट फेसबुक, ट्वीटर, वाट्सएप, युट्युव र टेलिग्राममाथि अस्थायी रुपमा बन्देज लगाउन पाकिस्तानको टेलिकम अथोरिटिलाई आदेश दिएको हो।
ल्ीन् क्ष्लकगचबलअभक्बmउययचलब इष्
िशुक्रबार दिएको आदेशमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरिए पनि किन गरिएको भन्ने बारे खुलाइएको छैन।
पछिल्लो ससमय पाकिस्तानमा तहरिक ए–लब्बैक पाकिस्तान समूहले प्रदर्श गरिरहेको छ। यो प्रदर्शनलाई निस्तेज पार्न सामाजिक सञ्जाल बद गरिएको विज्ञहरूले विश्लेषण गरेका छन्।
सामाजिक सञ्जालमाचथि प्रतिबन्ध लगाउनु भन्दा पहिले नै पाकिस्तान सरकारले तहरिक ए–लब्बैकका गतिविधि प्रदर्शनमा रोक लगाएको थियो।
पाकिस्तानका टेलिका अथोरिटि प्रमुखले सरकारको आदेशअनुसार सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको बताएका छन्।
पाकिस्तानमा फ्रान्सविरुद्ध विभिन्न धार्मिक संगठनहरूले प्रदर्शन गरिहेका छन्। जसमा तहरिक ए–लब्बैकसमेतको सहभागिता रहेको छ। फ्रन्सुमा पैगम्बर समूहसम्मलको कार्टुन बनाई मजाक उडाइएको भन्दै पाकिस्तानका धार्मिक ससंस्थाहरूले फ्रान्सविरुद्ध नाराबाजि गरिरहेका छन्।
आफूविरुद्ध नाराबाजि र प्रदर्शन चर्किएपछि फ्रान्सले आफ्ना नागरिकलाई तात्काल फ्रान्स छाड्न आदेश दिएको छ।