राप्ती ९ मा ४ सय २५ जनाले भरे भूमिहिन सुकुम्वासीको निवेदन
प्रकाशित मिति: शुक्रबार, बैशाख ०३, २०७८ | १६:४८:२७
चितवन , ३ बैशाख।
पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा ४ सय २५ जनाले भूमिहिन सुकुम्वासीको फारम भरेका छन् । वडा कार्यालयले भूमिहिन दलित , भूमिहिन सुकुम्वासी , अव्यवस्थित बसोबासीको लगत संकलन गर्दा ४ सय २५ जनाले विवरण दाखिला गरेका थिए । ४ सय २५ जनामध्य प्रारम्भिक रुपमा छानविन गर्दा ४ जनाको निवेदन रद्द गरिएको राप्ति नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देवेन्द्र लामाले जानकारी दिए । भूमिहिन दलितमा ३ जना, भूमिहिन सुकुम्वासीमा १८ जना र अव्यवस्थित बसोबासीमा ४०४ जनाको निवेदन दर्ता भएको छ ।
पूर्ण विवरण
प्रकाशित मिति : शुक्रबार, बैशाख ०३, २०७८ |
१६:४८:२७
485