चट्याङ् लागेर ७० जनाको मृत्यु,२४७ जना घाइते
प्रकाशित मिति: शुक्रबार, बैशाख ०३, २०७८ | १६:३५:१९
काठमाडौं,३ वैशाख ।
देशभर गत वर्ष चट्याङ लागेर ७० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा २४ वटा चट्याङमा परी ७० जनाको मृत्यु, २४७ जना घाइते र ७१७ चौपायाको मृत्यु भएको थियो। त्यस्तै, सोही अवधिमा हावाहुरीबाट ८ जनाको मृत्यु र १७ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०३, २०७८ |
१६:३५:१९
353