प्रहरी निरीक्षक मगरको विदाई

वैशाख ३ गते । इलाका प्रहरी कार्यालय खैरहनीबाट सरुवा भई जान लागेका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरलाई खैरहनी नगरपालिकाले विदाई गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच खैरहनी नगरपालिकाले प्रहरी निरीक्षक मगरको विदाई गरेको हो । विदाई कार्यक्रममा प्रहरी निरीक्षक मगरलाई खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले अविर,खादाका साथै ढाका टोपी लगाई दिए । सो अवसरमा मेयर चौधरीले प्रहरी निरीक्षक मगरको सरुवाले नगरपालिकाले एक सदस्य कतै जान लागेको वताए । कोरोनाका वेला प्रहरीले खेलेको भुमिका प्रसंसा गर्दै मेयर चौधरीले शान्ती सुरक्षा,वजार व्यवस्थापन,नदिजन्य पदार्थको अवैध उत्खनन्मा समेत प्रहरीले समन्वय गरेर काम गरेको वताए । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले कर्मचारी,प्रहरीको सरुवा वढुवा नियमित प्रत्रिया भएपनि नगरपालिकाले प्रहरी निरीक्षक मगरको भुमिकालाई सम्झीरहने वताए । प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले १६ महिने वसाईका क्रममा नगरपालिकाबाट पाएको सहयोग प्रति धन्यवाद दिए । मगरले वि.सं. २०७६ साल पुष १३ गते प्रहरी निरीक्षकको कार्यभार सम्हालेका थिए । प्रहरी निरीक्षक मगर पश्चिमाञ्चल क्षेत्रीय तालिम केन्द्र वुटवल सरुवा भएका हुन भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय चितवनबाट सुवास भट्ट आउँदैछन् ।