विपद जोखिम न्युनिकरणको योजना वनाउन अन्तक्रिया

वैशाख ३ गते । जलवायु परिवर्तन र विपद जोखिम न्युनिकरणका विषयमा शुक्रवार अन्र्तक्रिया कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिका र लुमन्तीको सयुक्त आयोजनामा यस नगरपालिकाको जलवायु परिवर्तन र विपदको अवस्थाका बारे कार्यक्रम गरिएको हो । जलवायु परिवर्तनको असर र विपद व्यवस्थापनका नगरपालिकाले गरेका कार्य र भावी योजनाका बारेमा अन्तक्रिया कार्यक्रम गरिएको लुमन्तीको विपद व्यवस्थापन कार्यक्रमकी व्यवस्थापक सोबिना लामाले वताईन् । कार्यक्रममा वातावरणविद विनोद प्रसाद पराजुलीले जलवायु परिवर्तन अनुकुलन र विपद व्यवस्थापनका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथी सहभागीबीच छलफल गरि सुझाव संकलन गरिएको छ । नगरपालिकासंगको समन्वयमा नगरस्तरीय योजना वनाईने लुमन्तीको विपद व्यवस्थापन कार्यक्रमकी व्यवस्थापक लामाले जानकारी दिईन् । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले यस नगरपालिका बाढी र डुवानबाट प्रभावित हुने गरेको भन्दै सोही अनुसार योजना वनाउनु पर्ने धारणा राखे । विपद जोखिम न्युनिकरणमा नगरपालिकाले गरेका क्रियाकलापबारे प्रमुख चौधरीले जानकारी गराएका थिए । कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,प्रशासकीय अधिकृतहरु,शाखा प्रमुखहरु,लुमन्ती खैरहनी संयोजक सिंहवहादुर लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अघि वाढी र डुवान हुने क्षेत्रको स्थलगत निरीक्षण गरिएको थियो ।