कोरोना अपडेटः नेपालमा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि, १४५ संक्रमितको मृत्यु

काठमाडौँ,२ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८०८ र होम आइसोलेसनमा १ लाख दुई हजार ४५५ जना रहेका छन् ।