बिरामीको आफन्तलाई अक्सिजन खोज्न नपठाउनू – स्वास्थ्य मन्त्रालय

काठमाडौं ,२ जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि भर्ना हुन आउने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ।

आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाले बिरामीका आफन्तलाई बोकेर ल्याउन भनेर नभन्न आग्रह गरे।