पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि, कति भए संक्रमणमुक्त ?
प्रकाशित मिति: बुधबार, आषाढ ०२, २०७८ | १६:५७:१५ 0 minutes
काठमाडौं, २ असार ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८२ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ।
२४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्।
प्रकाशित मिति : बुधबार, आषाढ ०२, २०७८ |
१६:५७:१५
111