चितवनमा निषेधाज्ञा असार १० गतेसम्म लम्बियो
चितवन, २ असार ।
चितवनमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्बिएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा थप गर्दा पहिलेकै जारी आदेशलाई निरन्तरता दिएको छ । आजको आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय भएको जानकारी दिएका छन । ‘पहिलाको निषेधाज्ञालाई नै यथावत राखिएको छ, डिपार्टमेन्टल स्टोर्सको हकमा केही खुकुलो बनाएको छौँ’–प्रजिअ लामिछानेले जानकारी दिए ।
चितवन प्रशासनले यसअघि थप गरेको निषेधाज्ञाको अवधि भोलि सकिदै थियो । चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १५ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञा जारी गरेको थियो ।