भारतमा सर्वसाधारणलाई दिइयो कोरोना खोप, ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी,४ माघ ।

भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार कोरोना भ्याक्सिन लगाएपछि साइडइफेक्ट देखिएका १ जनाको अवस्था चिन्ताजनक रहेको छ र

भारतमा शनिबारदेखि कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरिएको हो । पहिलो चरणमा सफाइकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई खोप उपलब्ध गराइएको छ ।

भ्याक्सिन लगाएका दुई जना स्वास्थ्यकर्मीमा साइड इफेक्ट देखिएको थियो । नयाँ दिल्लीका ११ वटा जिल्लाका ८ हजार १ सय १७ जनालाई कोरोनाविरुद्ध खोप दिइएकोमा ४ हजार ३ सय १९ जना कर्मचारी रहेका थिए । भारतमा दोस्रो चरणमा ५० वर्ष नाघेका व्यक्तिहरुलाई भ्याक्सिन दिने कार्यक्रम रहेको छ ।