सोमबार सार्वजनिक बिदा

जनकपुरधाम,४ माघ ।

प्रदेश नं. २ मा सोमबार सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा माघ ५ गते सोमबार मुख्यमन्त्री सञ्चार सचिवालयले सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ । तर, यसवर्ष प्रदेश २ को विभिन्न ठाउँमा मनाउने बताइएको छ ।