नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा २६६ जनालाई संक्रमण,४०० जना निको, ५ जनाको मृत्यु

काठमाडौं,४ माघ ।

नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ  ।यो संगै नेपालमा  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५९ पुगेको छ।

नेपालमा हालसम्म २० लाख १२ हजार ४५२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५०८ जनाको परीक्षण गरिएको छ।