लागूऔषधसहित ३६ वर्षीय पुरुष पक्राउ

काठमाडौं,४ वैशाख ।

मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका २ डोरीया सीमा ईलाकाबाट बैशाख ३ गते एपीएफ टोलीले २ सय ५५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको उर्लावारी नगरपालिका २ बस्ने ३६ वर्षिय रमेश कार्की छन् ।

भे ६ प २७६० नम्बरको मोटरसाईकलमा सवार निज कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कार्कीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिजुवामा बुझाईएको छ ।

यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ कनुवा स्थित सीमा ईलाकाबाट बैशाख २ गते एपीएफ टोलीले १८ बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका १० बस्ने ४२ वर्षिय अखतर हुसेन र ३१ वर्षिय सुमन बिचाली छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी सम्सीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका २ स्थित मगर डाँडाबाट एपीएफ टोलीले बैशाख २ गते करीव २ सय ६० ग्राम गाँजा र ४ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलोसहित सोही नगरपालिका १ बस्ने १८ वर्षिय सुदिप राजपुतलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाँहुनडागीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका राजपुतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव ६ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ श्रीरामपुर स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।