चितवनको घोप्टेभिरबाट ट्रक खस्यो , दुईजना वेपत्ता

चितवन , ४ बैशाख ।
चितवनको घोप्टेभिरबाट एउटा ट्रक खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित घोप्टेभिरबाट एउटा भारतिय नम्बरको ट्रक खसेको हो । बुलेट मोटरसाइकल लिएर भारतबाट काठमाडौ जादै गरेको पि एन सि सि ९०८२ नम्बरको ट्रक आज दिउँसो सडकबाट त्रिशुली नदिकिनारको भिरमा खसेको हो । ट्रकको चालक र सह चालक सम्पर्क बिहिन भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।