कालिकाको निति: आमाविहीन विपन्न वालवालिकालाई आर्थिक सहयोग
ध्रुवराज खनाल
चितवन , ३ असार ।
चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि यस नगरपालिकाले आज विहीवार निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । निति कार्यक्रम सार्वजनिक गर्दै नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले आमाविहिन अति विपन्न वालवालिकाहरुलाई विषेश आर्थिक सहयोग गरिने वताए । यो कार्यक्रमले नगर भित्र आमा विहीन रहेका वालवालिकाहरुलाई आर्थिक सहयोग गरिने हुँदा उनीहरुमा राहत महसुस हुने हुने नगरपालिकाको विश्वास छ । त्यस्ता वालवालिकालाई प्रदान गर्ने सहयोग रकम आगामी १० गते पेश हुने वजेटमा प्रस्तुत हुनेछ । कालिकाले अर्को लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । अपांगता सम्वन्धी ग वर्ग (पहेलो कार्ड ) को परिचय पत्र प्राप्त गरेका अपांगता भएका व्यक्तीहरुलाई मासिक रुपमा भत्ता उपलव्ध गराईने नगरपालिका प्रमुख श्रेष्ठले वताए । अहिले रातो र निलो कार्ड प्राप्त गरेका व्यक्तीअरुले मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । नगरपालिकाले ल्याएको निति कार्यक्रममा जेष्ठ नागरीकको सम्मान स्वरुप उनीहरुको मनोरञ्जनका लागि विश्रामस्थल तथा धामिक भ्रमण जस्ता कार्यक्रम समेटिएका छन् ।
शिक्षाको गुणस्तर वृद्धीका लागि नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम तय गरि संचालन गर्ने जनाएको छ । कोभिडका कारण अभिभावक गुमाएका छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिने,प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ती प्रदान गरिने,सामुदायिक विद्यालयहरुलाई वस प्रदान गरिने कालिकाले नगरपालिकाले ल्याएको निति कार्यक्रममा उल्लेख छ ।
नगरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न संभावित पर्यटकीय क्षेत्रको विकास गर्ने,सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नगर क्षेत्रको पर्यटकीय स्थल भ्रमण गराउने व्यवस्था मिलाउने,कालिका ९ सेरवासका साथै अन्य क्षेत्रमा निजि क्षेत्रको साझेदारीमा होमस्टे स्थापना गरिने,उदयपुर सामुदायिक वनमा कफी सप सहिको फ्रि बाईफाई जोनको व्यवस्था मिलाईने नगर प्रमुख श्रेष्ठले वताए ।
कृषि र पशुपालनका क्षेत्रलाई प्राथमिकता दिदै आएको कालिका नगरपालिकाले आगामी वर्ष कुरिलो तथा सोईजन(सितल चिनी ) को व्यवसायिक खेतीलाई प्राथमिकता दिने जनाएको छ । त्यस्तै जग्गा भाडामा लिई सामुहित खेती तथा बोरिग सिंचाई प्रणालीबाट खेती गर्ने कृषकहरुलाई लाग्ने विद्युत महसुलमा आंशिक अनुदान निति अवलम्वन गरिने जनाएको छ । आगामी वर्ष पनि पूर्वाधारलाई प्राथमकिता दिने जनाएको कालिका नगरपालिकाले सवै वडाहरुबाट माग भएका आयोजनाहरुको सुची तयार गरि नगरस्तरीय योजना वैंक तयार गर्ने र आगामी आर्थिक वर्षहमा सोही योजना वैंकबाट आयोजना छनौट गरि कार्यान्वयन गर्दै लैजाने गरि विकास योजना तयार गरिने नगर प्रमुख श्रेष्ठले वताए । नगर सभामा प्रस्तुत गरिएका निति तथा कार्यक्रममा दफाबार छलफल भई आगामी असार १० गते सम्मका लागि नगरसभा स्थगित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले वताए । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै १ अर्व वढि वजेट ल्याउँदैछ ।