ट्रकको ठक्करबाट भरतपुर बस्ने आलेको मृत्यु

काठमाडौं,५ माघ ।

तनहुँमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२, आँबुखैरेनी बसपर्कस्थित सडकमा ना४ख ५२०७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री आँबुखैरेनी गाउँपालिका–४, खश्राङवेसी घर भई चितवनको भरतपुर महानगरपालिका क्षेत्रपुर बस्ने २४ वर्षीय रोमन आलेको सोमबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखौरेनी हाडजोर्नी अस्पताल हुँदै सीएमसी पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।