बेलायतबाट नेपाल आएका तिनजनामा नयाँ प्रजातीको कोरोना पुष्टि

बेलायतबाट नेपाल आएका तिनजनामा नयाँ प्रजातीको कोरोना पुष्टि

काठमाडौं , ५ माघ।

नेपालमा समेत नयाँ प्रजातिको कोभिड १९ को संक्रमण भएको पुष्टि भएको छ । कोभिड १९ को नयाँ प्रजातिको उद्धमस्थल बेलायतबाट केहिदिन अघि नेपाल आएका तिनजना कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । बेलायतबाट आएका २८ बर्षिय महिला , ६७ र ३२ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरुमा नयाँ प्रजातिको भाइरस हो वा होइन भनेर परिक्षणको लागि हङकङ पठाइएकोमा आज आएको नतिजामा उनीहरुमा नयाँ प्रजातिको कोभिड १९ को संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ प्रजातिको संक्रमण पुष्टि भएकामध्य दुईजनाको पिसिआर रिर्पोट नेगेटिभ आइसकेको र ६७ बर्षिय पुरुषमा भने पोजेटिभ नै रहेको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.