जबज त्याग्ने पहिलो नेता केपी ओली नै होः प्रचण्ड

जबज त्याग्ने पहिलो नेता केपी ओली नै होः प्रचण्ड

काठमाडौं,५ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली जनताको बहुदलीय जनवादी (जबज ) कार्यदिशा त्याग्ने पहिलो नेता भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

पार्टी निकट महिला संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला ओलीले जबज किन त्यागे भनेर आफू आश्चर्यमा परेको बताए । त्यतिबेला ओली जबज त्याग्न तत्पर भएपछि आफू माओवादा र एक्काइसौँ शताब्दीमा जनवाद पनि त्याग्न र नयाँ कार्यदिशा तय गर्न तयार रहेको प्रष्टीकरण दिए ।

पार्टी एकताका बेला जबज त्याग्न सहमत भएको त्यसपछि मदन भण्डारी फाउन्डेसनका नाममा पुनः ब्युँताउन उद्यत रहेको पनि बताए ।

अध्यक्ष प्रचण्डले एकतापछि फुटपरस्त गतिविधि बढाएको र कालान्तरमा संसद्कै हत्या गर्न अग्रसर हुने ओली प्रवृत्तिलाई चिन्नुपर्ने पनि बताए । उनले केही नेता–कार्यकर्ता अहिले पनि ओलीको भ्रममा परेको बताउँदै उनीहरू फर्कने विश्वास पनि व्यक्त गरे ।