केपी ओली भेडा र खलनायक हुन्, जनअदालतले सजाय दिन्छ : प्रचण्ड

केपी ओली भेडा र खलनायक हुन्, जनअदालतले सजाय दिन्छ : प्रचण्ड

काठमाडौं,५ माघ ।

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खलनायक र भेडाको संज्ञा दिएका छन्। दाहाल-नेपाल समूहनिकट अखिल नेपाल महिला संघको काठमाडौंमा भएको भेलालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

”अहिले संसद् मात्रै होइन, संविधान नै विघटन भएको हो, यसमा अदालतले छिटो गर्नुपर्यो। दुनियाँले जनताको अदालतलाई हेर्न खोजेको छ। एउटा खलनायकले गणतन्त्रको बच्चालाई मारेको छ, उनले भने,”केपी खलनायकविरुद्ध जनअदालतमा जस्तोसुकै सजाय सुनाउने दिन आएको छ।”

ओलीको कदमविरुद्ध महिलाहरु एकैचोटी गर्जिँदा लाखौँ करोडौँ गर्जिएको आवाज आउने उनले बताए।”केपी ओली खलनायक भएकाले सुशासन र सामाजिक न्यायका लागि हामीले काम गर्नुपर्छ। एकाध महिना हामी जुरमुराउनुपर्छु, उनले भने, ”हामीले जोडबल गर्यौँ भने तानाशाही हार्छ। नेपालमा २१ सय वर्ष पुरानो राजतन्त्र हो, नेपालको लुम्बिनीमा भेटिएको थियो राजतन्त्रको अवशेष। हामीले अहिले २ सय ५० वर्ष पुरानो राजतन्त्रलाई विदा गरेका छौं।”

प्रचण्डले ओलीलाई भेडाको समेत उपाधि दिए। ”हामीले केपी ओली जस्ता भेडाहरूको संगत गरियो, हामी पनि भेडा भयौँ किन भन्ने चिन्ता लागेको छ। घरी घरी ऐनामा हेर्नुपरेको छु, उनले भने,”तर हामी सिंहका सन्तान हौँ। हामी सिंहका सन्तान जुरुक्क उठेर गर्जिँदा भेडाहरू ठेगान लाग्छन्।

फरकधारबाट साभार