नेकपा भरतपुर महानगर प्रचण्ड–माधव समूहको विरोध सभा

चितवन, ५ माघ ।
संविधान सभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर प्रचण्ड–माधव समूहले सोमबार भरतपुरको चौविसकोठीमा विरोध सभाको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य जगनाथ खतिवडाले प्रधानमन्त्री केपी ओलीले चुनाव चिह्न सूर्य कब्जा गर्न नसक्ने बताए । सूर्य चिह्नमा दाबी गर्न केन्द्रिय सदस्यमा ४० प्रतिशत संख्या अनिवार्य पु¥याउनुपर्ने भन्दै उनले सूर्य चिह्नमा ओली समूहले दाबी गर्न नपाउने बताए ।
नेकपालाई केपी प्रधान बनाउन चाहनेले ओलीले काम गर्न नपाएको संसद विघटन गरेको भनेर रटान लगाउँदै हिँडेको उनको भनाइ छ । वर्तमान अवस्थामा आउनुमा राष्ट्रपती विद्यादेवी भण्डारीको असक्षमता र अदुरदृष्टि प्रमुख कारण रहेको उनले बताए ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले ओलीको तानाशाह प्रवृत्ति लामो समयसम्म टिक्न नसक्ने बताए । संसद पुर्नस्थापनाका लागि दोस्रो चरणको आन्दोलन सुरु भएको उनले बताए । नेकपा बामबुद्धिजीवि प्रेम रिमालले ओलीका कार्यकर्ताहरु कसैले सुर्ती हातमा लिएर पड्काउँदा पनि तरर ताली पट्ने खालका रहेको बताए ।
कार्यक्रममा नेकपा स्थायी कमिटि सदस्य लिलामणी पोखरेल, भरतपुर महानगर प्रमुख रेनु दाहाल लगायतको उपस्थिती थियो ।