थप ३२२ जनामा कोरोना पुष्टि, ३७४ संक्रमित डिस्चार्ज,मृतकको कुल संख्या १९६५ पुग्यो

थप ३२२ जनामा कोरोना पुष्टि, ३७४ संक्रमित डिस्चार्ज,मृतकको कुल संख्या १९६५ पुग्यो

काठमाडौं,५ माघ ।

पछिल्लो २४ घण्टामा देशभर तीन सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३२२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६७ हजार छ सय ४४ पुुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विवरणअनुसार सोमबार थप ३७४ जना डिस्चार्ज भएका छन् । योसंगै नेपालमा डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पगेको छ। सोमबार थप ३७४ जना भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको मन्त्रालयले उल्लेख गरेको छ।

यस्तै हालसम्म २२१ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख १६ हजार ७५८ जनाको पीसीआर परिक्षण गरिएको छ ।