वालिङद्वारा चन्द्रपुर ३–० ले हार्‍यो

वालिङद्वारा चन्द्रपुर ३–० ले हार्‍यो

काठमाडौं,६ फागुन ।

वालिङ नगरपालिका स्याङजाले राष्ट्रिय महिला लिगको आफ्नो अन्तिम खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाइ तीन शुन्य गोलले पराजित गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा वालिङले १७ औं मिनेटमा हिमा रावतको गोल मार्फत अग्रता लिएको थियो । चन्द्रपुरले वालिङलाइ पहिलो हाफमा एक शुन्यले रोकेको थियो ।तर ४७ औं मिनेटमा क्यामरुनियन खेलाडी मिटो इलिजु हुथले टिमका लागि दोस्रो गोल गरेकी थिइन् । ५४ औं मिनेटमा अमिसा कार्कीले गोल गरेपछि वालिङले तीन शुन्यको सहज जीतका साथ लिग अन्त्य गर्यो ।

जारी लिगमा घाइते भएपछि मैदान रहकी अस्मिता चोटमुक्त हुदै फर्किएको खेलमा नै गोल गर्न सफल भइन् । चन्द्रपुरले केही राम्रा अवसरको सदुपयोग गर्न सकेन् । वालिङका प्रशिक्षक दिलिप थापाले लिगमा उत्कृष्ट स्थानमा रहने अपेक्षा गरिएको भएपनि मुख्य खेलाडीको चोटका कारण योजना अनुसारको नतिजा नभएको प्रतिृकया दिए ।

वालिङ जीतपछि १२ खेलबाट १७ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । तर यदि भोली नेपाल पुलिस क्लबले चौदन्डीगढी नगरपालिकालाइ पराजित गरे चौथो स्थानमा झर्नेछ । चन्द्रपुरले १२ खेलबाट नौ अंक जोड्दै छैटौ स्थानमा रहेर लिग टुंग्याएको छ ।