कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते
प्रकाशित मिति: आइतबार, बैशाख ०५, २०७८ | १५:०७:०४
धनगढी, ५ वैशाख ।
कैलालीमा हायस र जीप एक आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । गोदावरी नगरपािलका वडा नम्बर ४ तेघरी नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।
०१००१ ख २६२३ नम्बरको हायस र ग १ च ७९६३ नम्बरको टाटासफरी जीप एक आपसमा ठोक्किएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
आज आइतवार विहान अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको हायससँग विपरीत दिशाबाट आइरहेको जीप ठोक्किँदा ९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए ।
हायसमा सवार ४ जना र जीपमा सवार ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ०५, २०७८ |
१५:०७:०४
463