नारायणी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु
प्रकाशित मिति: आइतबार, बैशाख ०५, २०७८ | १६:१८:०७
बीरगञ्ज ,५ वैशाख।
नारायणी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब १ बजेर ४० मिनेट जाँदा वीरगञ्ज महानगरपालिका वडा-१६ की ५१ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड-१९ का संयोजक डा.सरोज रोशन दासले जानकारी दिए।
डा. दासका अनुसार ती महिलालाई खोकी ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि शनिबार बेलुका साढे ८ बजे अस्पताल भर्ना भएकी थिइन्।
प्रकाशित मिति : आइतबार, बैशाख ०५, २०७८ |
१६:१८:०७
1585