एकैदिन छ हजार ८९१ सङ्क्रमण मुक्त

काठमाडौँ, ४ जेठ ।
पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा आठ हजार १३६ र ६९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो ।
सो अवधिमा सङ्क्रमणबाट १९६ को ज्यान गएको छ भने छ हजार ८९१ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ । आज काठमाडाँैमा दुई हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा चार हजार ९१६ छन् । ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ ।
४१ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित
पाँच सय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय सङ्क्रमित छन् ।
यसैगरी कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५०० बढी छ । सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमण दर घट्न सकेको छैन ।
नेपालमा हालसम्म चार लाख ७२ हजार ३५४ मा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ६१.७२ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात एक लाख ८० हजार ८२१ महिला छन् । सङ्क्रमितमध्ये तीन लाख ५२ हजार ४१४ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट पाँच हजार ४११ ले ज्यान गुमाएका छन् ।