नेपालमा पछिल्लो समय कोभिड १९ को नयाँ भेरियन्ट फैलिएको पुष्टि

काठमाडौं , ४ जेठ। 

नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो समय कोभिड १९ मा नयाँ भेरियन्ट भैलिरहेको पुष्टि गरेको हो ।

गत हप्ता संकलित ३५ वटा नमूनामध्य ३४ जटामा नयाँ भेरियन्ट पुष्टि भएको जनाइएको छ । यससगै नेपालमा तिन किसिमका भेरियन्ट रहेको मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्टको कोभिड भाइरस सबैै उमेर समूहका व्यक्तीहरुमा संक्रामक र जोखिमपूर्ण रहेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।