रवि लामिछानेले ऐय्या भन्दा जसलाई पर्यो चोट !
संसारकै सबभन्दा महंगो आँपको बोट जोगाउन सुरक्षागार्ड र कुकुर तैनाथ
काठमाडौं, ४ असार ।
अहिले आँपको मौसम चलिरहेको छ ।
भारतको मध्य प्रदेशमा एउटा परिवारले संसारको सबभन्दा महंगो मियाजाकी आँपलाई जोगाउनका लागि सुरक्षागार्ड र कुकुरहरू तैनाथ गरेको छ ।
जापानको मियाजाकी शहरमा फल्ने यो दुर्लभ आँपको बिरुवा आफूलाई ट्रेनमा एक व्यक्तिले दिएको उक्त जोडीको भनाइ छ ।
यस आँपको रूपरेखा र तथा रंग अरूको भन्दा फरक छ । यस आँपलाई जापानी भाषामा ताइयो नो तामागो अर्थात् एग अफ द सन भनिन्छ ।
यस आँपको तौल ३५० ग्राम हुन्छ र यसमा १५ प्रतिशत वा त्यसभन्दा बढी चिनीको मात्रा हुन्छ ।
मियाजाकी स्थानीय उत्पादन तथा व्यापार प्रवर्धन केन्द्रका अनुसार, यो आँप अप्रिलदेखि अगस्ट महिनासम्म फल्छ ।
पोहोर साल यो आँप एक किलोको पाँच लाख रुपैयाँमा अन्तर्राष्ट्रिय बजारमा बेचिएको थियो ।
नेपाल, भारत लगायतका देशमा पाइने पहेंलो आँपभन्दा फरक यो आँप दक्षिणपूर्वी एसियामा बढी फलाइने जापानको व्यापार केन्द्रले जनाएको छ ।
मियाजाकीका आँपहरू जापानभरि पठाइन्छ ।
यसमा एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ । अनि यसमा बिटा क्यारोटिन र फोलिक एसिड पनि पाइन्छ । दिनभरि कम्प्युटरमा काम गरेर आँखालाई थकान हुने व्यक्तिहरूलाई यो वरदान भएको मियाजाकी व्यापार प्रवर्धन केन्द्रको भनाइ छ ।
मियाजाकीमा आँपको उत्पादन सन् १९७० को अन्त्यतिरबाट गरिन थालेको हो । उक्त शहरमा न्यानो मौसम, लामो समयसम्म घाम लाग्ने अनि प्रशस्त पानी पर्ने भएकाले आँप खेतीका लागि उपयुक्त रहेको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।