चितवनमा निषेधाज्ञा थपिएसँगै कार्यान्वयन फितलो हुदैं (भिडियो )
चितवन , ४ असार।
चितवनमा निषेधाज्ञा थपिएसँगै कार्यान्वयन फितलो हुदैं गएको छ । कोभिड १९ को संक्रमण रोक्नको लागि जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गतेदेखी निषधाज्ञा लागु गर्दै आएको छ ।
निषेधाज्ञाको मिति पटक पटक थप हुदैं गएपछि निषेधाज्ञा कार्यान्वयनमा चुनौती थपिदैं गएको छ । सर्वसाधारण तथा व्यवसायीहरुले निषेधाज्ञा उलंघन गर्न सुरु गरेका छन् । बजार तथा सडकमा चहल पहल बढेको छ । प्रशासनले अत्यावश्यक बाहेकका खोल्न नपाउने भनेको व्यवसाय समेत व्यवसायीहरुले खोल्न सुरु गरेका छन् ।
पूर्वीचितवनको खैरहनीका व्यवसायीहरुले व्यवसाय संचालन गर्न सहजिकरण गर्न नगरपालिकालाई आग्रह समेत गरेको छ । उद्योग वाणिज्य संघ खैरहनीले आज नगर प्रमुख लालमणी चौधरीलाई व्यवसाय खोल्नको लागि ज्ञापनपत्र बुझाएका छन् । बैंकमा ब्याज तथा किस्ता र असारभित्र कर तिर्न ताकेता आउन थालेकोले व्यवसायीहरु चेपुवामा परेका छन् ।https://fb.watch/6cdwZic0mk/