बाढीपीडित परिवारलाई निगमद्वारा राहत प्रदान
प्रकाशित मिति: शुक्रबार, आषाढ ०४, २०७८ | १७:०६:३१
काठमाडौँ, ४ असार ।
नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।
निगमले बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका ३० परिवारलाई राहतस्वरुप एक–एक थान ग्यास सिलिण्डर र चुलो प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा राहतस्वरुप सो सहयोग गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईसहित निगमका पदाधिकारीले बाढीबाट प्रभावित परिवारलाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
——— रासस
प्रकाशित मिति : शुक्रबार, आषाढ ०४, २०७८ |
१७:०६:३१
155